काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति पछि शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २९ अंकको वृद्धि देखिएको हो।
आज नेप्से १.०६ प्रतिशतले वृद्धि भएर २,७६०.८० बिन्दुमा पुगेको छ। बैंकिङ्ग र लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय सुधार आएपछि लगानीकर्ताहरूको मनोबल समेत बढेको देखिएको छ।
११ अर्ब ४१ करोडको कारोबार
आजको दिन ३११ वटा कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच भएका छन्। कारोबार संख्या १ लाख ५ हजार ४१५ पटक पुगेको छ। कुल कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँभन्दा बढी पुगेको छ।
बैंक र लघुवित्त समूह अगाडि
समूहगत आधारमा हेर्दा,
लघुवित्त समूह सर्वाधिक ३.५० प्रतिशत
बैंकिङ समूह ३.३७ प्रतिशत ले उकालो लागे।
त्यस्तै,
विकास बैंक १.४७%,
फाइनान्स १.८७%,
होटेल तथा पर्यटन ०.४८%,
जीवन बीमा ०.०२%,
उत्पादन तथा प्रशोधन ०.३१%,
म्युचुअल फन्ड १.०८% ले बढेका छन्।
यता,
जलविद्युत् समूह ०.८३%,
लगानी समूह ०.०८%,
निर्जीवन बीमा ०.३४%,
व्यापार समूह ०.२६%,
अन्य समूह ०.२७% ले घटेका छन्।
सकारात्मक सर्किट र मूल्य घट्ने कम्पनीहरू
आज एनआईसी एशिया बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरमा सकारात्मक सर्किट हिट भएको छ।
उता, हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै ९.९३ प्रतिशतको गिरावट आएको छ, जुन आजको दिनको सबैभन्दा उच्च घाटा हो।
सर्वाधिक कारोबार गर्ने कम्पनीहरू
कारोबार रकमको आधारमा आज एनआईसी एशिया बैंक लिमिटेडको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याको आधारमा भने सनराइज ब्लुचिप फन्डको सबैभन्दा धेरै २० लाख ५४ हजार ४ सय कित्ता शेयर किनबेच भएको छ।