काठमाडौं । ‘मिसेस भोग नेपाल सिजन ३’ का नौ जना विजेता घोषणा भएका छन् । मंगलबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा ती विजेता घोषणा गरिएको हो ।
उपाधिका लागि २१ जना विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रक्रिया, प्रि-जजिङ राउण्ड, प्राप्तांकको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ ।
सगुन ज्वेलर्सले प्रस्तुत गरेको कार्यक्रममा प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समपर्णलाई मध्यनजर गर्दै ती विजेता घोषणा गरिएको जनाइएको छ । जसअनुसार, मिसेस भोग नेपाल ग्राण्ड २०२६- प्रतिक्षा थापा, मिसेस भोग नेपाल यूनिभर्स २०२६- प्राची तोमर, मिसेस भोग नेपाल वर्ल्ड २०२६- किमी चौलागाई, मिसेस भोग नेपाल अर्थ २०२६- कविता ढकाल घोषित भए ।
यस्तै, मिसेस भोग नेपाल ग्लोबल २०२६- कोमल नेपाली, मिसेस भोग नेपाल टुरिजम २०२६- ऋचारानी राम घोषित भए । क्लासिक मिसेस भोग नेपाल विजेतातर्फ, क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६- श्रीनु श्रेष्ठ, क्लासिक मिसेस भोग युनिभर्स २०२६- ज्योती कुर्मी र क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६- सम्झना फुयाँल घोषित भए ।
फिनालेमा प्रतिस्पर्धीले र्याम्प वाकसहित विभिन्न डिजाइनका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरन प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक तुल्याएको थियो । ग्राण्ड फिनालेमा सो-स्टपरको रुपमा टिकटकर एलिजे जमाली सहभागी थिइन् ।

