काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप-महासचिवमा गायक तथा सर्जक हरि डाँगीले उम्मेदवारी दिने भएका छन् ।
यही फागुन १२, १३, १४ गते धादिङ बेसीमा हुने प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशनमा डाँगीले उप-महासचिवमा उम्मेदवारी दिन लागेका हुन् ।
डाँगी अहिले प्रतिष्ठानको सचिव हुन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारबाट शुरु हुने महाधिवेशनको लागि कलाकारहरु धादिङ पुगेका छन् ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहनेछ । ब्लू ओशन रिक्रूटमेन्ट प्रा. लिका सञ्चालक समेत रहेका डाँगीले आफुलाई उपमहासचिवमा जिताउन अनुरोध गरेका छन् ।