काठमाडौं । अदालतले रिहा गर्ने आदेश दिएसँगै नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छाडेको छ। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो।
शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। सोही अनुसार उनलाई सीआईबीले हिरासतबाट छाडेको हो।