काठमाडौं । प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दलहरुबीच सहमति जुट्न नसकेपछि भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।
‘भदौ ३ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्मानीयन सभामुखले सभाको अर्को बैठक २०८० भदौ ५ गते मंगलबार ३ बजे बस्ने निर्धारण गर्नु भएको छ ।’ सूचनामा उल्लेख छ ।