काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ।
संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको छ।
यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो। अहिले २१ जना भने हिरासतमै छन्।