काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका, स्कटल्यान्ड र नेपालबीच मंगलबारदेखि सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
शनिबार बेलुका सार्वजनिक गरिएको टोलीको कप्तानी रोहित कुमार पौडेल ले गर्नेछन्। टोलीमा पहिलोपटक डा. इशान पाण्डे ले एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, भीम सार्की, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।
ए टोलीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका मयान यादव र सन्दीप जोरा भने अन्तिम टोलीमा अटाउन सकेनन्। ए टोलीबाट इशान पाण्डेलाई मात्र मुख्य टोलीमा समावेश गरिएको क्यानले जनाएको छ।

