दमास्कस । संयुक्त राष्ट्रसङ्घीय बाल कोषका प्रमुखले गत महिना गएको भूकम्पबाट प्रभावित युद्धग्रस्त सिरियाका केही भागका ३७ लाख बालबालिकामा गम्भीर जोखिम हुनसक्ने चेतावनी दिएको छ ।
टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पमा परी ५० हजारभन्दा बढीको मृत्यु भएको थियो भने सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा मात्रै कम्तीमा ८८ लाख मानिस विनाशकारी भूकम्पबाट प्रभावित भएका छन् ।
“सिरियाको प्रभावित क्षेत्रमा रहेका ३७ लाख बालबालिकाले धेरै बढ्दो र सम्भावित विनाशकारी खतराहरूको सामना गरिरहेका छन्,” संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा विपद्को भावनात्मक र मनोवैज्ञानिक प्रभावका साथै रोगको बढ्दो जोखिम र ‘करिब १२ वर्षको द्वन्द्वका कारण जोखिममा परेका परिवारका लागि आधारभूत सेवामा पहुँचको अभाव’ उल्लेख गरिएको छ ।
युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले सिरियाको दुईदिने भ्रमण पूरा गरेपछि गरेको पत्रकारहरूसँगको भेटमा भन्नुभयो, “सिरियाका बालबालिकाले अकथनीय त्रास र हृदयविदारक पीडा भोगेका छन् ।”
उहाँले भन्नुभयो, “भूकम्प र त्यसपछिका पराकम्पनले ‘बालबालिकालाई खेल्ने घर, विद्यालय र स्थानहरू मात्र ध्वस्त पारेन, यसले धेरै जोखिममा रहेका बालबालिका र परिवारहरूको सुरक्षाको भावनालाई पनि चकनाचुर पारेको छ’ ।”
युनिसेफले सिरियामा भूकम्पबाट प्रभावित २६ लाख बालबालिकासहित ५४ लाख मानिसका लागि तत्काल जीवनरक्षाका लागि सहयोग गर्न १७ करोड २७ लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।
“सुरक्षित पानी, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग जस्ता अत्यावश्यक सेवाहरूमा पहुँच प्रदान गर्नाले परिवारहरूलाई उनीहरूको जीवनको पुनर्निर्माण गर्न सुरु गर्न मद्दत गर्दछ,” रसेलले भन्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले सिरियाको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सिरियाका भूकम्प पीडितलाई सहयोग गर्न ३९ करोड ७० लाख अमेरिकी डलरको अपिल गरेको छ । तर यो आपतकालिन अवस्थाका लागि आवश्यक पर्ने जति पाउन नसकेको टेड्रोसले बताउनुभयो । सिरियामा पनि गत वर्ष सुरु भएको हैजाको घातक प्रकोप देखिएको छ ।
सन् २०११ यता सिरियामा भएको युद्धमा करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ भने देशको आधाभन्दा बढी जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य पारिएको छ । उनीहरूमध्ये धेरैले टर्कीमा शरण लिए, जसमा गत महिना गएको भूकम्पले तहसनहस पारेका क्षेत्रहरू पनि समावेश छन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन…
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसायीका लागि निर्धारण गरिएको २५…
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन…
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 26
ताजा :
- एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति
- २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन : शिक्षामन्त्री
- अब जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन पाइने, सेवा थप सहज बनाइँदै
- स्वास्थ्य समस्याका कारण बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनको राजीनामा
- रास्वपाको नयाँ निर्देशन: सांसदले अब आफन्तलाई स्वकीय सचिव राख्न नपाउने
- बजेटका आर्थिक सुधार मिसन मोडमा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- कानुन निर्माण तथा सुधार वर्ष सफल बनाउन उच्चस्तरीय समिति गठन
- नेपालमा भारु २०० र ५०० का नोट चल्ने, प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म ल्याउन–लैजान पाइने
- शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क खारेज, विशेष र श्रम अदालतका अध्यक्ष नियुक्त
- श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन
भूकम्प प्रभावित सिरियामा बालबालिका ‘गम्भीर जोखिम’मा: राष्ट्रसङ्घ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

