Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी। राज्यको सूचनामा पदीय पहुँच भए पनि दुरुपयोग गर्ने अधिकार नहुने स्पष्टोक्ति। सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सोमबार निलम्बित। काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यले सुम्पिएको गोपनीयता जानाजान उल्लङ्घन गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने चेतावनी दिएका हुन्। संवेदनशील सूचना चुहावटको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविरुद्ध काम गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ। त्यसको भोलिपल्ट गुरुङले…
– मनोनयन फारम बिहान १० बजेदेखि वितरण, दर्ता दिउँसो १२ः३० देखि अपराह्न ४ बजेसम्म। – मतदाताको अन्तिम नामावली बिहान ११ः३० बजे सार्वजनिक गर्ने कार्यतालिका। – संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय, ११ सहमहामन्त्री निर्वाचित र चार मनोनीत हुने। काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा सात हजार ११४ महाधिवेशन प्रतिनिधि समेटिएका छन्। छुटेका प्रतिनिधिको नाम अन्तिम सूचीमा समावेश गरिने समितिले जनाएको छ। निर्वाचन समितिको पछिल्लो सूचनाअनुसार मनोनयन फारम वितरण बिहान १० बजेदेखि सुरु गर्ने कार्यक्रम छ। उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र भने दिउँसो १२ः३० देखि…
काठमाडौं । मनसुन बाहिरिएको ठानेर ढुक्क भएका राजधानीवासी सोमबार अचानक वर्षा भएपछि चिन्तित भएका छन् । मौसममा फेरि बदली देखिएसँगै वर्षा भएपछि सर्वसाधारणमा मनसुन पुनः सक्रिय भएको हो कि भन्ने चासो बढेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार झरी नपर्ने जनाएको छ । मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लगातार लामो समयसम्म वर्षा हुने अवस्था भने नरहेको बताइन् । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको…
काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोप लागेका सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्ने विषयमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले दाहालमाथि लागेको अभियोगको जाँचबुझ प्रक्रिया अघि बढाएको हो। मन्त्रालयको असोज १९ गतेको निर्णयअनुसार उक्त विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ। गृह मन्त्रालयले तोकिएका जाँचबुझ अधिकृतलाई दाहालमाथि लागेको अभियोगका सम्बन्धमा आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएको…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै १ हजार दिनभित्र समस्या समाधान गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी गरी हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिएका छन्। ७ दशकदेखि समाधान हुन नसकेको भूमि समस्या अन्त्य गर्ने उद्देश्यसहित सरकारले विगतको कार्यशैली परिवर्तन गरेर काम अघि बढाएको उनको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकता दिई जग्गा वितरण…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा क्षय हुँदै गएको लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणलाई आफ्नो प्रमुख राजनीतिक अभिभारा बनाउने संकल्प गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत शर्माको दस्तावेजमा कांग्रेस लोकतन्त्र निर्वाचन, सरकार गठन र सत्ता हस्तान्तरणको प्रक्रियामा मात्रै सीमित नरहेको उल्लेख गर्दै दल, नेतृत्व, राज्यका संस्था र नागरिकबीचको व्यवहारमै लोकतान्त्रिक संस्कार देखिनुपर्ने धारणा अघि सारिएको छ। दस्तावेजले कांग्रेस स्वयं पनि राजनीतिक संस्कृतिको क्षयबाट मुक्त नरहेको स्वीकार गर्दै आफ्ना कमजोरीप्रति आत्मालोचना गर्ने र व्यवहारबाटै सुधार सुरु गर्ने प्रतिबद्धता जनाएको छ। शर्माले कांग्रेसलाई नेपालको लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको ऐतिहासिक प्रतिनिधि शक्तिका…
काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो। समितिले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन तथा छानबिन गरी सरकारलाई सिफारिससहितको प्रतिवेदन पेश गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णय सार्वजनिक गरेका छन्। बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनका लागि नर्वेजियन…
काठमाडौँ। सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा तथा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नर्वेजियन सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरेको हो। बैठकले नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै, वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ। जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश…
काठमाडौं । सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरण हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरण स्थगित गर्ने निर्णय गरिएको हो। बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम कार्यान्वयनका…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी चार वर्षको राजनीतिक कार्यदिशा, पार्टी सञ्चालन र विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने गरी अघि बढाएको छ। विधानमा प्रस्तावित संरचनात्मक परिवर्तनले भने प्रतिनिधिहरूको अनुमोदनपछि मात्रै अन्तिम रूप पाउनेछन्। १५औँ महाधिवेशनको बन्दसत्रअघि बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले गत पुसको दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक भएको बताए। बन्दसत्रमा प्रस्तुत गरिने प्रतिवेदनमाथि निर्णय गर्न बैठक बोलाइएको अन्य समाचार स्रोतले पनि उल्लेख गरेका छन्। चालिसेका अनुसार बैठकमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक विषयसम्बन्धी प्रस्ताव र महामन्त्री प्रदीप पौडेलको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्तावमाथि निर्णय भएको…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
