Author: हाम्राे हेडलाइन

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने टोलीमा परेका छैनन्। नेपालले यही अक्टोबर ७ देखि ओमानमा लिग–२ को अन्तिम शृंखला खेल्दैछ। विश्वकप लिग–२ को शीर्ष चारमा पर्न नेपाललाई ओमानमा हुने खेलहरू महत्वपूर्ण छन्। लिग–२ को तालिकामा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। नेपालले अहिलेसम्म…

Read More

कपडा खरिद विवाद अध्ययन गर्न नौ सदस्यीय समिति गठन। अध्ययन प्रतिवेदन बुझाउन दुई महिनाको समयसीमा। सांसदहरूबीच तत्काल छानबिन गर्ने वा पहिले कागजात अध्ययन गर्ने विषयमा मतभेद। काठमाडौँ। म्यादी प्रहरीको कपडा खरिदमा अनियमितता भएको आशङ्काबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ। शुक्रबार बसेको बैठकले अध्ययन समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। समितिमा ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्। बैठकमा खरिद प्रक्रियामाथि उठेका प्रश्नलाई तत्काल छानबिन गर्ने वा उपलब्ध कागजात अध्ययनपछि थप निर्णय लिने…

Read More

काठमाडौं– पछिल्लो समय फिल्म निर्माणमा व्यावसायिक घरानाहरूको आकर्षण बढिरहेका बेला चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी पनि फिल्म निर्माणमा होमिएका छन् । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘टनेल २६’ आगामी शुक्रबार अर्थात् २३ असोजदेखि प्रदर्शनमा आउँदैछ । नेपालका ठूला व्यावसायिक घरानाका उद्योगीहरू शेखर गोल्छा, धीरजकुमार अग्रवाल, नितेश मालपानी, राजेन्द्र शाक्य र दीपक मल्होत्रालगायतले फिल्म निर्माणमा हात हालिसकेका छन् । चौधरी ग्रुपको फिल्म निर्माणमा भने यो पहिलोपटक होइन । २०४१ सालमा प्रदर्शन भएको फिल्म ‘वासुदेव’ निर्वाणका बुवा तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले निर्माण गरेका थिए । उक्त फिल्म नेपाली चलचित्र क्षेत्रको ‘कल्ट क्लासिक’का रूपमा परिचित छ । ‘वासुदेव’ प्रदर्शन…

Read More

काठमाडौं– सरकारले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगदेखि सार्वजनिक अभिव्यक्तिसम्मलाई व्यवस्थित गर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । बिहीबार सङ्घीय संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक, २०८३ मा कर्मचारीको आचरण तथा अनुशासनसम्बन्धी विभिन्न व्यवस्था प्रस्ताव गरिएको हो । विधेयक स्वीकृत भई ऐनका रूपमा लागू भएपछि कर्मचारीले सामाजिक सञ्जालमा राजनीतिक दल वा सार्वजनिक पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन् । त्यस्तै, सरकारको नीतिविपरीत हुने सार्वजनिक अभिव्यक्ति दिनसमेत रोक लगाउने प्रस्ताव गरिएको छ । विधेयकको परिच्छेद–९ मा निजामती कर्मचारीको आचरणसम्बन्धी व्यवस्था गरिएको छ । दफा ८८ अनुसार कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने…

Read More

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापनइतर समूह शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता भएको छ । देउवा पक्षले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका समेटिएको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाएको थियो । आयोगले उक्त पत्र अभिलेखमा राख्ने तोकादेश गरेको हो । देउवाले पार्टी सभापतिकै हैसियतमा हस्ताक्षर गरी दर्ताका लागि दिएको निवेदन आयोगले दर्ता गरेको जनाइएको छ । आयोगले अभिलेखमा राख्ने निर्णय गरेको पत्रमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षे कार्यकाल आगामी मंसिर मसान्तमा समाप्त हुने भएकाले विधानअनुसार सबै तहमा अधिवेशन गर्न लागिएको उल्लेख छ । देउवा पक्षले आयोगमा बुझाएको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर…

Read More

दुबई– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा ककपिटभित्रै पाइलटमाथि चक्कु प्रहार भएपछि विमानलाई साउदी अरेबियाको ताबुकमा आपत्कालीन अवतरण गराइएको छ । घटनापछि संयुक्त अरब इमिरेट्स (यूएई) ले घटनाको विस्तृत अनुसन्धान थालेको छ । फ्लाई दुबईको एफजेड१०७३ उडानमा भएको घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले विशेष अनुसन्धान टोली गठन गरेका छन् । घटनामा आतंकवादी गतिविधि वा पूर्वयोजना संलग्न थियो कि थिएन भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखिएको छ । उडानका क्रममा सह–पाइलटले भारतीय मूलका क्याप्टेन स्मित मच्छारमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी यात्रुहरूले बताएका छन् । आक्रमणपछि विमान अचानक उचाइ गुमाउन थालेको थियो ।…

Read More

काठमाडौँ– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक रहेको जनाएको हो । महासंघका अनुसार खत्रीले ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । पूर्वपत्रकारसमेत रहेका खत्रीबाट यस्तो अभिव्यक्ति आउनु झनै आपत्तिजनक रहेको महासंघले जनाएको छ । महासंघले सांसद खत्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल क्षमा माग्न आग्रह गरेको छ ।…

Read More

काठमाडौँ– सरकारले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा निजामती कर्मचारीले प्रदर्शन तथा हडताल गर्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा ८३ मा निजामती कर्मचारीले सरकारी काममा बाधा पुर्‍याउने कुनै पनि कार्य गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । विधेयकको दफा ८३ को उपदफा (१) अनुसार निजामती कर्मचारीले कुनै पनि प्रकारको प्रदर्शन गर्न, बन्द–हडतालमा भाग लिन, थुनछेक, बाधा–अवरोध, घेराउ वा दबाब दिन पाउने छैनन् । त्यस्तै, कलम बन्द गर्ने, तालाबन्दी गर्ने वा अन्य कुनै पनि तरिकाबाट सरकारी कामकाजमा अवरोध पुर्‍याउने तथा त्यस्तो कार्यका लागि अरूलाई उक्साउने कार्यसमेत पूर्णतः निषेध…

Read More

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन् । बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताए । सरकारको राजस्व सङ्कलन गर्ने जिम्मेवारी पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका कर्मचारी अकल्पनीय विपत्तिमा गुमाउनुपरेको भन्दै अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरे । ‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ,’ उनले परिवारका सदस्यहरूलाई भने, ‘तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ । हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू…

Read More

काठमाडौँ । सरकारी कामकारबाहीलाई निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउन निजामती कर्मचारीहरूका लागि उपहार, दान तथा सापटीसम्बन्धी कडा नियम लागू गरिएको छ। प्रस्तावित निजामती सेवा ऐनको दफा ७९ मा भएको व्यवस्थाअनुसार कुनै पनि निजामती कर्मचारीले सरकारी काममा असर पर्ने गरी सरकारको पूर्वस्वीकृतिविना आफू वा आफ्नो परिवारका सदस्यमार्फत कसैबाट दान, उपहार, कोसेली वा चन्दा लिन पाउने छैनन्। यसैगरी, सरकारी कामसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूसँग कुनै पनि किसिमको सापटी वा ऋण लिनसमेत पूर्ण रूपमा रोक लगाइएको छ। विदेशी सरकार वा तिनका प्रतिनिधिबाट प्राप्त हुने उपहारका सम्बन्धमा भने कर्मचारीले तुरुन्त नेपाल सरकारलाई जानकारी गराउनुपर्नेछ। सरकारबाट प्राप्त हुने निर्णय वा निकासाका आधारमा मात्रै उक्त…

Read More