Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई महाधिवेशनमा सहभागी गराउन पार्टीका नेताहरू कति पटक र कसरी जाने भन्ने प्रश्नसमेत उठाए। ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो ?’ थापाले भने। थापाले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूले कांग्रेस छाडेको हो कि कांग्रेसले उनीहरूलाई छाडेको हो भन्ने विषयमा पनि स्पष्ट उत्तर दिनुपर्ने बताए। ‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि…
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने, रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने, विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) बाट प्राप्त विवरणलाई दाबी मान्यता दिने तथा आईसीडी–११ कोड प्रयोग गर्ने निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाह, बीमितको पहिचान, दाबी व्यवस्थापन र वित्तीय दिगोपनामा सुधार ल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको हो। बोर्डका अनुसार २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनेछ। त्यस्तै, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता महाधिवेशनस्थल पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उद्घाटन समारोहमा सहभागी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि समारोहमा पुगेका छन्। उनीहरूले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। खुलामञ्चमा बनाइएको विशेष मञ्चबाट उद्घाटन कार्यक्रम सञ्चालन भइरहेको छ। कांग्रेसले समारोहमा सहभागिताका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको थियो।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ । गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ । यसपटक कांग्रेस महाधिवेशनमा देखिने प्रमुख १८ नयाँ पक्ष यस्ता छन् । १. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ । २. केन्द्रमा २१ युवा सदस्य केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् । प्रदेशगत र खुला…
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ४० करोड थान चलनचल्तीका सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि पूर्वयोग्य सुरक्षण सिक्का टकमारी कम्पनीबाट बोलपत्र मागेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) प्रक्रियामार्फत ‘सिंगल स्टेज, टू इनभेलप’ विधिबाट बोलपत्र आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक पूर्वयोग्य कम्पनीले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमारी प्रभागबाट नोभेम्बर २, २०२६ सम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । त्यसका लागि नेपाली रुपैयाँ २० हजार, १३१ अमेरिकी डलर वा ११५…
काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताए। उनका अनुसार परिचालन हुनेमध्ये अधिकांश प्रहरी पोसाकमा र ७० जना सादा पोसाकमा खटिनेछन्। प्रहरीलाई विभिन्न ९८ वटा सेक्टरमा विभाजन गरी जिम्मेवारीसमेत तोकिएको छ। ‘चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरिएको छ। जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गरिने छ। तालुक कार्यालयबाट १९० जना प्रहरी जनशक्ति ल्याउने छौं। सहायता कक्षका लागि…
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले ती विधेयक संसदमा दर्ता गराउनुभएको हो । मन्त्री पौडेलले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नारिक उड्ययन प्राधिकरण, २०८३ प्रतिनिधिसभामा दर्ता गराउनुभएको हो । यी विधेयक पारित भएपछि प्राधिकरण टुक्राउनका लागि बाटो खुल्नेछ । मन्त्री पौडेलले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास तथा विस्तार गर्न र गैरकानूनी हस्तक्षेप रोकी प्रभावकारी नियमनको माध्यमबाट नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनका लागि छुट्टाछुट्टै विधेयक दर्ता गरिएको उल्लेख गर्नुभएको छ । नयाँ ऐन…
प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका १५ काम सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरेर काम सार्वजनिक गरिएको हो। प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयता प्रधानमन्त्री शाह र प्रधानमन्त्रीको कार्यलय मातहतका निकायले गरेका कामलाई उपलब्धिका रुपमा पेश गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउनदेखि मिडिया ब्रिफिङ सुरु गरेको थियो। गत भदौ १० को भोटेकोसी बाढीपछि मिडिया ब्रिफिङ रोकिएको थियो। त्यसलाई फेरि निरन्तरता दिइने जनाइएको छ। मिडिया ब्रिफिङमा प्रस्तुत गरिएका प्रधानमन्त्रीमातहतमा भएका काम: १) सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले अमेरिका पुगेर संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्नुभयो। उहाँले हालै भोटेकोशीमा आएको विनाशकारी बाढीले…
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुनेगरी व्यवस्था मिलाउन लागिएको बताए। ‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्’, उनले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ।’ सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा…
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार, स्वकीय सचिवालय तथा अन्य पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको टोलीमा संलग्न २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहका पदाधिकारीसमेत रहेका छन् । प्रधानमन्त्रीका अवैतनिक मुख्य राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार रहेका छन् । उनलाई मन्त्रीसरहको पद दिइएको छ । त्यस्तै राजनीतिक सल्लाहकार असिम शाह पनि मन्त्रीसरहकै पदमा छन् । प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार प्राडा जगदिश प्रसाद अग्रवाल रहेका छन् । उनलाई पनि मन्त्रीसरहको पद…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
