Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको कैद माफीविरुद्ध दायर रिट खारेज गरेको छ। सर्वोच्चको यो फैसलासँगै चौधरीलाई दिइएको कैद माफी कायम भएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार रिट खारेज गरेको हो। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले चौधरीलाई राष्ट्रपतिबाट दिइएको कैद माफी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक नाबालकसहित आठ जनाको मृत्यु भएको थियो। उक्त घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो। गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको…
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनमा जलवायु संकट र नेपालले भोगिरहेको असमान क्षतिलाई प्रमुख मुद्दा बनाउने तयारी गरिएको छ। भोटेकोशी बाढीले पुर्याएको क्षति, कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु प्रभाव, जलवायु न्याय तथा क्षतिपूर्तिको विषय सम्बोधनमा समेटिने अधिकारीहरूले बताएका छन्। नेपालले जलवायु वित्तमा सहज पहुँच, विकसित मुलुकबाट प्रविधि हस्तान्तरण र विपद्को पूर्वसूचना प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय सहयोगको विषयसमेत उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले यसअघि नै…
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत होमबहादुर रावललाई स्वागत गरिएको छ। दोर्दी गाउँपालिकाको सभाहलमा आयोजित विशेष स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले रावललाई खादा, माला र फूलसहित स्वागत तथा बधाई दिएका हुन्। कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रावललाई गाउँपालिकाको प्रशासनिक नेतृत्वको जिम्मेवारीका लागि शुभकामना दिइएको थियो। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै दोर्दी गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने तथा गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।
काठमाडौं । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न माग गर्दै ‘मर्स्याङ्दी बचाउ अभियान’ले जिल्ला प्रशासन कार्यालय लमजुङमा ज्ञापनपत्र बुझाएको छ। अभियानका संयोजक रामबहादुर थापाको नेतृत्वमा गएको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै आयोजनाले अनुमतिपत्र र वातावरणीय अध्ययन (आईईई) बिना निर्माण कार्य अघि बढाइरहेको आरोप लगाएको हो। ज्ञापनपत्रमा बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रमा दिव्यज्योति हाइड्रोपावर प्रालिद्वारा निर्माण भइरहेको आयोजनाका सम्बन्धमा विद्युत विकास विभाग, डिभिजन वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयबाट निर्माण कार्य रोक्न ‘स्टप अर्डर’ जारी भइसकेको दाबी गरिएको छ। ती आदेशको अवज्ञा गर्दै निर्माण कार्य निरन्तर अघि बढाइएको भन्दै अभियानले तत्काल…
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक, पदाधिकारी तथा प्रमुख कार्यकारीका लागि योग्यता र अनुभवसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। प्राधिकरणको २०८३ भदौ १० गते बसेको २९औँ बैठकबाट स्वीकृत ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण (सातौँ संशोधन) मापदण्ड, २०८३’ तत्काल लागू हुने भएको हो। संशोधित मापदण्डअनुसार सहकारी संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहने व्यक्तिले संस्थाको आकारअनुसार तोकिएको शैक्षिक योग्यता र कार्यानुभव पूरा गर्नुपर्नेछ। पाँच करोड रुपैयाँसम्म कुल सम्पत्ति वा दायित्व भएका संस्थामा अध्यक्ष, सचिव र कोषाध्यक्ष बन्न कम्तीमा कक्षा १० उत्तीर्ण गरेको र…
रामेछाप । विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाबाट भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत पनि ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्। प्रहरीका अनुसार जिल्लामा वृद्धवृद्धालाई बन्धक बनाई चोरी तथा लुटपाट गर्ने गिरोह नियन्त्रणमा लिन उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। पशुपति श्रेष्ठको समूहका पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा थप आठ वटा आपराधिक घटनामा समेत उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको…
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु. ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ। क्षेत्रगत…
काठमाडौं । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। देशका अधिकांश भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा…
काठमाडौं । सरकारले छापामाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्था संशोधन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ स्वीकृत गरेसँगै विज्ञापन प्राप्त गर्ने योग्यता, पत्रपत्रिकाको वर्गीकरण तथा भुक्तानी प्रक्रियामा नयाँ व्यवस्था लागू भएको हो। संशोधित कार्यविधिमार्फत लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि, २०८२ का दफा ८, १५, १६, १७, २४ र २७ मा संशोधन गरिएको छ। नयाँ व्यवस्थाअनुसार लोककल्याणकारी विज्ञापन प्राप्त गर्न प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परेको मात्र पर्याप्त हुने छैन। सम्बन्धित पत्रपत्रिका विज्ञापन बोर्डमा सूचीकरण भएको र नियमित रूपमा नवीकरणसमेत गरेको हुनुपर्नेछ। यसअघि प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परेका पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन पाउने व्यवस्था…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
