Author: हाम्राे हेडलाइन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइएको छ। धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको छ भने रसुवाका करिब ९० प्रतिशत क्षेत्रमा बिजुली पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नुवाकोटमा भदौ २४ गतेदेखि नै सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भएको हो। धादिङमा भने त्यसअघि नै सबै क्षेत्रमा बिजुली जोडिसकिएको उनले बताए। भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुर्‍याएपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो। मन्त्रालयका अनुसार बाढी आएको भोलिपल्टदेखि नै विद्युत् सेवा पुनःस्थापनाको…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याइएको जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साविककै आकार तथा रङमा हुनेछ। नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ। नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ। यस्तै, सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहनेछ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ उल्लेख गरिएको छ। नयाँ…

Read More

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहबीच आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। नेपालको संविधानको धारा २९४ मा भएको व्यवस्थाबमोजिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन भएका मुख्य कामकारबाही तथा गतिविधि समेटिएका छन्। आयोगले प्रतिवेदनमार्फत भ्रष्टाचार नियन्त्रण, उजुरी छानबिन, अनुसन्धान तथा अभियोजनलगायतका क्षेत्रमा भएका कामको विवरण प्रस्तुत गरेको जनाएको छ।

Read More

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मिनि एक्साभेटर आयोजनास्थलमा पुर्‍याइएको छ। मिनि एक्साभेटर पुगेपछि दुईवटा एक्साभेटरको सहायताले आयोजनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ। आयोजनाको सुरुङमा हराइरहेकाहरूको खोजीका लागि अडिट–३ सुरुङबाट अपस्ट्रिमतर्फ आएको गेग्रानको बहाव रहेको क्षेत्रमा बिहीबार पनि एक्साभेटर प्रयोग गरिएको छ। गेग्रान बगेको दिशाको विपरीततर्फबाट खोजी कार्य जारी राखिएको कम्पनीले जनाएको छ। यसैबीच, अडिट–३ सुरुङमा हेलिकप्टरमार्फत जेनेरेटर र काट्ने उपकरण (कटिङ सेट) समेत पुर्‍याइएको छ।…

Read More

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिई बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा समस्या भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानीको अतिरिक्त भाडा समायोजन गरी प्रतिसिलिण्डर २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री वितरण गर्न आग्रह गरेको थियो। कृष्णभीरमा वैकल्पिक ट्रयाक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएकाले संघले पुनः प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमै बिक्री गर्न आग्रह गरेको हो। संघले सम्पूर्ण ग्यास बिक्रेताहरूलाई उक्त मूल्यभन्दा बढी नलिई उपभोक्तालाई बिक्री…

Read More

विराटनगर । भोटेकोशी, रसुवालगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले उक्त रकम लायन्स डिस्ट्रिक्ट ३२५ सीको विपद् कोषमा जम्मा गरेको हो । सहयोग रकम जम्मा गरेको जानकारीसहितको पत्र क्लबका अध्यक्ष लायन डा. मञ्जिल श्रेष्ठले बुधबार विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन लीला प्रसाद चिमरियालाई हस्तान्तरण गरे । हालै भोटेकोशी, रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै क्लबले विपद् कोषमा रकम उपलब्ध गराएको जनाएको छ । क्लबका सचिव…

Read More

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। नयाँ नियमावलीसँगै ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ खारेज गरिएको छ। निर्देशिकालाई समयानुकूल परिमार्जन गर्दै नियमावलीका रूपमा रूपान्तरण गरिएको हो। निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने भएकाले सरकारी निर्णय प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन नियमावली ल्याइएको हो। प्रशासनिक काममा हुने ढिलासुस्ती अन्त्य गर्दै निर्णय प्रक्रियालाई डिजिटल प्रविधिमा आधारित बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघि बढाएको प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। नियमावली लागू भएसँगै सरकारी निकायमा निर्णय प्रक्रियाको…

Read More

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै असोज १ गते बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जनाएको छ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गको आवागमन अवरुद्ध भएको थियो। सडक आवागमन सुचारु गर्न नयाँ ट्र्याक निर्माण गरिएको हो। राजमार्ग सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु…

Read More

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा बिहीबार साँझ ५ बजे वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा…

Read More

काठमाडौं । रसुवा र नुवाकोटसहितका बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारका क्रममा चिलिमे हाइड्रोपावरको टनेलबाट थप चारवटा शव र एक मानव अंग फेला परेको छ। २०८३ भदौ ३१ गते साँझ ६ः३० बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार चिलिमे हाइड्रोमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले टनेलमा ‘ब्रेकथ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एक मानव अंग फेला पारेको हो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो। चिलिमे हाइड्रोको टनेलमा जारी खोजीका क्रममा अहिलेसम्म कुल पाँच शव र दुई मानव…

Read More