Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । सरकारले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेदेखि सूचीकरण भएका निकायको हित नि:सर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण, कर्मचारी बढुवा तथा राहत कोष सञ्चालन सम्बन्धी विभिन्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ । यससँगै सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल हुनेछ । बैठकले नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभमा अग्रिम करसम्बन्धी व्यवस्था पनि गरेको छ । जसअनुसार धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत…
काठमाडौं। विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। बिहीबार अर्थात् असोज १ गते बिहान ६ बजेदेखि उक्त खण्ड पूर्ण रूपमा यातायात सञ्चालनका लागि खुला गरिने भएको छ। त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानबाट क्षतिग्रस्त भएपछि राजमार्गमा यातायात प्रभावित भएको थियो। सडक क्षतिग्रस्त भएपछि वैकल्पिक ट्र्याक निर्माण गरी यातायात पुनः सञ्चालनमा ल्याउने काम अघि बढाइएको थियो। पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। नयाँ ट्र्याकबाट यसअघि परीक्षणका रूपमा सीमित सवारीसाधन…
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार पत्राचार गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई सरुवा भएका कर्मचारीलाई तोकिएको समयभित्र रमाना दिन आग्रह गरेको हो। सरुवा भएपछि पनि कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र नयाँ कार्यालयमा सरुवा भइसकेपछि समेत पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ। मन्त्रालयका अनुसार निजामती सेवा नियमावलीमा तोकिएको बहाली म्याद सकिएपछि पनि कर्मचारीलाई रमाना नदिई साविककै कार्यालयबाट…
काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि ‘निर्वाचन निर्देशिका, २०८३’ सार्वजनिक गरेको छ। महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका निर्वाचनलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रिया, उम्मेदवारको योग्यता, उम्मेदवारी शुल्क, प्रस्तावक तथा समर्थकको संख्या र निर्वाचन आचारसंहितालगायत विषयलाई स्पष्ट पारेको छ। निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। प्रदेश सभापतिका लागि २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ भने…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारबाट खरिद मूल्य बढेर आए पनि भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित असहज अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई थप भार नपार्ने निर्णय गरेको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद लागत प्रतिलिटर १२ रुपैयाँ ४० पैसा तथा डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेको छ। यद्यपि, निगम सञ्चालक समितिले भदौ ३१ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। यससँगै पहिलो वर्गका बजारमा पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम रहनेछ।…
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालले मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोजी तथा उद्धार, प्रभावितलाई राहत, अस्थायी आवासको व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनालगायत विषयमा छलफल भएको थियो। त्यसैगरी, राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता तथा नयाँ विधेयकहरूको अवस्थाका विषयमा समेत राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच छलफल भएको थियो।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ ३० गते जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। निर्वाचन समितिका अनुसार ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकिएको छ। खटिएका निर्वाचन अधिकृतले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी…
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनलाई काठमाडौं गोर्खाजले टोलीमा अनुबन्ध गरेको हो। काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको जानकारी दिएको छ। उनी एनपीएल खेल्न नेपाल आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी बनेका छन्। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने संकेतसहित सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उक्त पोस्टलाई वार्नरले लाइक गरेपछि उनी एनपीएल खेल्न आउने चर्चा थप बलियो बनेको थियो। काठमाडौं गोर्खाजले सार्वजनिक गरेका संकेतबाट पनि वार्नर नै टोलीमा आउने अनुमान गरिएको थियो। गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाका अनुसार वार्नरलाई अनुबन्ध गर्न महिनौँदेखि…
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ। यसैबीच, केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितका लागि राहत कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ उपसचिव र ५२ अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। सरुवा भएका अधिकांश कर्मचारीलाई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। लामो समयदेखि स्थानीय तहमा कार्यरत कर्मचारीलाई भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सरुवा गरिएको छ। मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउने तथा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको हो। यससँगै विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
