Author: हाम्राे हेडलाइन

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनासहित काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा परम्परागत तथा सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ । मनसुनी झरीबीच वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत नाच प्रस्तुत गर्दै इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका अवसरमा कुमारी घरबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गराई रथयात्रा सुरु गरिएको थियो । रथयात्रा अवलोकन गर्न ठुलो संख्यामा स्थानीय तथा उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण वसन्तपुर र आसपासका क्षेत्रमा भेला भएका थिए । परम्परागत बाजागाजासहित विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो । इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक…

Read More

काठमाडौं । संघीय निजामती सेवा विधेयकको चर्चित ५५–३० वर्षे प्रावधानसहित विधेयकका सबै व्यवस्थाबारे लोकसेवा आयोगले सरकारलाई आफ्नो राय पठाएको छ। आयोगले विधेयकका प्रावधान अध्ययन गरी संवैधानिक तथा कानुनी व्यवस्थासहितको परामर्श सरकारलाई पठाएको जनाएको छ। लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार शुक्रबार बसेको आयोगको बैठकले विधेयकबारे सरकारलाई राय पठाउने निर्णय गरेको हो। सरकारले गत भदौ २५ गते विधेयकमा सहमतिका लागि लोकसेवा आयोगमा पठाएको थियो। आयोगको रायपछि अब विधेयक अघि बढाउने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ।…

Read More

अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको नेपाली चलचित्र ‘जदौ’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। चलचित्रले देशभरका सिनेमा हलमा करिब ५० शो पाएको छ भने टिकट बुकिङ भइरहेको निर्माण पक्षले जनाएको छ। नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल र ऋचा शर्माको मुख्य भूमिका रहेको चलचित्रले ‘यू’ प्रमाणपत्र पाएको छ। बहुप्रतीक्षित नेपाली चलचित्र ‘जदौ’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा निर्माण भएको चलचित्रले प्रदर्शनको पहिलो दिन बिहानका शोबाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। निरन्तर वर्षाका बीच पनि चलचित्र हेर्न दर्शकको उपस्थिति देखिएको बताइएको छ। हलबाट निस्किएका दर्शकले…

Read More

निरन्तर भइरहेको वर्षाका कारण पहिरो र सडक कटान हुँदा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू वर्षाजन्य विपद्का कारण प्रभावित भएपछि सवारी आवागमन ठप्प तथा प्रभावित भएको छ। धादिङ प्रहरीले दिएको जानकारीअनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ। तीमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी रूपमा सवारी प्रभावित भएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। यस्तै, लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड…

Read More

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्, जलवायु न्याय, पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्रमुखताका साथ उठाएका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। उनले जलवायु परिवर्तनका कारण हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको र हिमनदी, पहिरो तथा बाढीको जोखिम बढिरहेको बताएका छन्। प्रधानमन्त्री शाहले विपद्का कारण नेपालमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै पुनरुत्थान र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताएका छन्। प्रारम्भिक मूल्याङ्कनअनुसार भौतिक पुनरुत्थानका लागि कुल गार्हस्थ्य उत्पादनको करिब…

Read More

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो । महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालप्रतिको…

Read More

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको अवस्थामा असोज ९ गतेदेखि ११ गतेसम्म मेघगर्जनसहित चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेकाले गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी विशेष बुलेटिन, विशेष बाढी पूर्वानुमान बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उच्च सतर्कताका लागि एड्भाइजरी जारी भइसकेकाले सम्बन्धित निकायबाट जारी सूचना तथा पूर्वसावधानीका उपाय अनिवार्य रूपमा पालना गर्न मन्त्रालयले अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा बिहीबार जारी सूचनामा सम्भावित जोखिमपूर्ण क्षेत्र, समुदाय तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै पूर्वसूचना र पूर्वसतर्कताको जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। मन्त्रालयले विपद्को जोखिम विश्लेषण गरेर मात्रै…

Read More

काठमाडौं । नेकपा एमालेले पार्टीको माथिल्लो तहमा जिम्मेवारी बाँडफाँट गर्दै संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्यमा मनोनित हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी रहेका छन्। सचिवालयको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि उनीहरूले औपचारिक रूपमा स्थायी कमिटी सदस्यको जिम्मेवारी पाउनेछन्। यसैगरी, एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्तावसमेत अघि सारेको छ। सचिवालयले गरेको उक्त प्रस्ताव पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको लोगोमा पार्टीका संस्थापक नेता बीपी कोइरालादेखि पूर्वसभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्वीर समावेश गरिएको छ। कांग्रेसले १५औँ महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ तय गरेको छ।

Read More

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ४ हजार २४२ जनाको हवाई उद्धार गरेको छ। आश्विन ८ गते साँझ ६ बजेसम्मको विवरणअनुसार उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्। नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ। सडक सम्पर्कबाट विच्छेद भएका तथा दुर्गम प्रभावित क्षेत्रमा ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानी भइरहेको छ। नेपाली सेनाका ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३६…

Read More