Author: हाम्राे हेडलाइन

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक पूर्णरूपमा भासिएपछि राजमार्गमा यातायात आवागमन ठप्प भएको छ। सडक भासिएपछि सवारीसाधनसँगै पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। यसअघि गजुरी गाउँपालिका–२ स्थित परेवाभीर क्षेत्रमा समेत सडक भासिएपछि पृथ्वी राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा जलस्तर बढेसँगै सडकको जग कमजोर बन्दै गएका कारण सडक भासिएको प्रारम्भिक अनुमान गरिएको छ। सडक भासिएपछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। सडक थप भासिन सक्ने जोखिम रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई कृष्णभीरलगायत जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ। लगातारको वर्षा र त्रिशूली नदीको बढ्दो जलस्तरका कारण…

Read More

माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसको उद्धारका लागि स्काभेटर र डोजरलाई बट्टारमा खण्ड-खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थल पुर्‍याइएको छ। गएराति भीषण बाढी आए पनि नेपाली सेनासहितको टोलीले अहोरात्र उद्धार कार्य जारी राख्दै सुरुङको प्रवेशद्वार खोल्ने कामलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरुङको प्रवेशद्वार खोल्ने काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि फसेका मानिसको खोज तथा उद्धार सुरु हुनेछ। काठमाडौं। बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसको उद्धारका लागि नेपाली सेनाले स्थलमार्गबाट लैजान कठिन भारी उपकरणलाई खण्ड-खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थल पुर्‍याएको छ। उद्धारका लागि आवश्यक स्काभेटर र डोजरलाई सुरुमा…

Read More

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्। प्राप्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सहयोग गर्नेमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख र हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख रुपैयाँ रहेका छन्। त्यस्तै, एग्रो थाईफुड्स प्रालि, एसियन लाइफ इन्स्योरेन्स…

Read More

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। बाढीपछि केही नागरिक अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ। बाढीमा फेला परेका शवको पहिचान तथा उचित व्यवस्थापनका लागि पनि आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताएका छन्। प्रदेश सरकारले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्राथमिकता दिएको छ। घाइतेको…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रक्षाबन्धनका अवसरमा विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित भविष्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाउँदै उनले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका हुन्। प्रधानमन्त्री शाहले शुक्रबार विपद्पछि सरकारले सञ्चालन गरेका उद्धार, राहत, सडक, स्वास्थ्य, सञ्चार तथा पुनःस्थापनासम्बन्धी कामको २० बुँदे प्रगति सार्वजनिक गरेका छन्। सरकारका अनुसार खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा खटिएका…

Read More

काठमाडौं । हालसम्म बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा ४८९ जनाको शव फेला परेको छ। तीमध्ये ३९३ शवको पहिचान हुन बाँकी रहेको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवहरू विभिन्न जिल्लामा राखिएको छ। शवहरू भेटिएका जिल्लाका साथै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा समेत राखिएको छ। हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा र नवलपरासी जिल्लामा शव फेला परेका छन्। ठूलो संख्यामा शवको पहिचान हुन नसकेपछि सम्बन्धित निकायले मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र मृतक तथा बेपत्ता व्यक्तिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।

Read More

काठमाडौं । सरकारले भोटेकोसी बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूका लागि सहुलियत र पुनःस्थापना प्याकेज तयार पार्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते नेपाल–चीन सीमा रसुवागढी, भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाका नागरिक र व्यवसायका लागि विशेष राहत तथा ‘बिजनेस रिकोभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाको सहुलियत र पुनःस्थापनाका लागि आवश्यक प्याकेज तयार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनर्निर्माणको प्रगतिबारे समेत…

Read More

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन तत्काल स्थगित गर्न माग गरिएअनुसार अन्तरिम आदेश जारी नगरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काले पूरक निवेदनमार्फत कांग्रेसको १५औँ महाधिवेशन स्थगित गर्न माग गरेका थिए। तर, तीन सदस्यीय पूर्ण इजलासले तत्काल महाधिवेशन रोक्ने अन्तरिम आदेश आवश्यक नरहेको ठहर गरेको हो। सर्वोच्चको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेसको संस्थापन पक्षलाई नियमित सांगठनिक तथा दलीय गतिविधि अघि बढाउने बाटो खुलेको छ।…

Read More

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोपछि उद्धार तथा राहतका लागि स्वदेशी तथा विदेशी टोलीहरू तीव्र रूपमा परिचालन भएका छन्। विपद्को कठिन घडीमा नेपाललाई सहयोग गर्न विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले उद्धार टोली, औषधि, आश्रय सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय सहयोगको समन्वय गरिरहेको संयुक्त राष्ट्रसङ्घले आफ्ना विभिन्न नियोगमार्फत उद्धार तथा राहत कार्य अघि बढाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगेर औषधिजन्य सामग्री, पाल तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेका छन्। उक्त सामग्रीले करिब १० हजार मानिसलाई तीन महिनासम्म सहयोग पुग्ने राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम…

Read More

हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज (बिहीबार) उनलाई बबरमहलबाट पक्राउ गरेको हो। नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

Read More