Author: हाम्राे हेडलाइन

काठमाडौं । रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ संकलन भएको छ। संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थासहित हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। अभियानमा सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ। संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ। रकम…

Read More

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। कोपा अमेरिका फाइनलपछि लेखेको भनिएको एक भावुक सन्देश सार्वजनिक गर्दै मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो यात्रा अन्त्य गर्ने निर्णयले आफूलाई निकै पीडा दिएको बताएका छन्। मेस्सीले राष्ट्रिय टोलीका लागि आफूले सधैँ शतप्रतिशत योगदान दिएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा मात्र नभई आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय करियरमा टोलीका लागि सबै कुरा दिएको बताएका छन्। उनले भनेका छन्, “अब धेरै समय बाँकी छैन र केही अध्यायहरू बन्द हुँदैछन्। यो अध्यायले मलाई धेरै पीडा दिएको छ। मैले राष्ट्रिय टोलीका लागि खेल्न सधैँ माया गरेको छु र सधैँ माया गरिरहनेछु।” राष्ट्रिय टोलीमा नयाँ पुस्ताका…

Read More

काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले ब्याट–३६ परिवारले ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटाएको छ। समूहले सञ्चालन गरेको सामूहिक राहत संकलन अभियानमार्फत सदस्यहरूबाट १ लाख ९१ हजार ३१३ रुपैयाँ संकलन भएको जनाएको छ। त्यस्तै, केही सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ४३ हजार ५०१ रुपैयाँ सिधै जम्मा गरेका छन्। दुवै रकम जोड्दा ब्याट–३६ परिवारका तर्फबाट कुल ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग भएको हो। समूहका अनुसार सदस्यहरूले यसअघि व्यक्तिगत रूपमा गरेको सहयोग भने उक्त रकममा समावेश गरिएको छैन। भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधन…

Read More

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था तथा आम नागरिकप्रति हार्दिक आभार व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहका अनुसार बाढी आएको छैटौँ दिनसम्म सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको संख्या निरन्तर घटबढ भइरहेको जनाइएको छ। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्। ३६ सयभन्दा बढी प्रभावितलाई राहत सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानबाट संकलन भएका राहत सामग्री…

Read More

-राजेन्द्र राना- नेपाललाई प्रकृतिले अनुपम सौन्दर्य दिएको छ । संसारकै अग्लो हिमालदेखि हरिया पहाड, उर्वर तराई र हजारौँ नदीसम्मको विविधता हाम्रो पहिचान हो । सानो भूगोलभित्र यति धेरै प्राकृतिक विविधता भएको देश हुनु हाम्रो गर्वको कुरा हो । हिमालदेखि तराईसम्मको यही विविधताले नेपाललाई सुन्दर बनाएको छ । तर प्रकृतिले दिएको यही सुन्दरता कहिलेकाहीँ हाम्रो ठुलो चुनौती पनि बन्न पुग्छ । वर्षा सुरु भएपछि पहाडमा पहिरोको डर हुन्छ । तराईमा बाढी र डुबानको चिन्ता हुन्छ । कतै सडक बन्द हुन्छ, कतै पुल बग्छ, कतै घरमा पानी पस्छ । कहिलेकाहीँ एउटा परिवारले वर्षौँ लगाएर बनाएको घर र जोडेको सम्पत्ति केही घण्टामै गुमाउनुपर्छ…

Read More

काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धारका साथै विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोजी कार्य जारी रहेको छ। नेपाली सेनाले हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित आज १०९ जनाको उद्धार गरेको जनाएको छ। टनेल उद्धारतर्फ त्रिशूली–३ ए आयोजनाको टनेल हेड फेला परेको छ। टनेलभित्र कम्प्रेसरबाट हावा पठाउने काम भइरहेको तथा पानी निकाल्ने कार्यसमेत जारी छ। तीन वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको सेनाले जनाएको छ। त्यस्तै, त्रिशूली–३ बी मा विज्ञसहितको टोली एक्साभेटर प्रयोग गरी खोज तथा उद्धारमा खटिएको छ। विदेशी विज्ञसहितको संयुक्त टोलीले चिलिमे हाइड्रो टनेलमा ३५ मिटरसम्म प्रवेश…

Read More

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्य सम्पन्न भएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली खोजीमा खटिएको थियो। उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। टोलीले ड्रोनसमेत प्रयोग गरी विस्तृत खोजी गरे पनि सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको जनाएको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ। खोजी अभियान सकिएसँगै नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चे फर्किएको छ।

Read More

काठमाडौं । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। कार्यालयले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध पोर्टल’ मार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको जनाएको छ। कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामार्फत उक्त रकम जम्मा भएको हो। यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको…

Read More

काठमाडौं । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर)को नगद पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेको बताएका छन्। विपद्को पाँचौँ दिन आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद सरकारले प्रभावित नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनका अनुसार अहिलेसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिए। विद्युत् आयोजना…

Read More