Author: हाम्राे हेडलाइन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो बाढी तथा विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, प्रभावित विद्यालयको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन क्लस्टर) का प्रतिनिधिसँग छलफल गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा भएको छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता दिने व्यवस्था, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणका विषयमा छलफल भएको हो। छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनासँगै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रभावित बालबालिकाको शिक्षा तथा बसोबास व्यवस्थापनमा समेत सहयोग गर्ने बताएका छन्। विकास साझेदारहरूले…

Read More

काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने निर्णयसमेत गरिएको छ। राष्ट्रिय शोकका दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने प्रवक्ता पोखरेलले जानकारी दिएका छन्। सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा भदौ २३ गतेलाई शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

Read More

काठमाडौं । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति ८ बजेसम्मको विवरणअनुसार मृत भेटिएकामध्ये ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै ४ हजार ८७५ जना बेपत्ता छन्। भोटेकोसी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। हेर्नुहोस्, नेपाल प्रहरीले सार्वजनिक गरेको विस्तृत विवरण

Read More

पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय यसअघि मुख्यमन्त्री पाण्डे आफैंले सम्हाल्दै आएका थिए। देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच गठबन्धन बनेपछि गण्डकी प्रदेशमा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले १० भदौमा राजीनामा…

Read More

नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्रका ग्यास डिपो तथा विक्रेताबाट होटल, रेस्टुरेन्ट र उद्योगलाई व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ। व्यावसायिक उपभोक्ताले आवश्यक ग्यास हेटौँडा, चितवन, नवलपरासीलगायत उपत्यकाबाहिरका उद्योगबाट आफ्नै ढुवानी व्यवस्थामा सीधै ल्याउनुपर्ने भएको छ। निगमले उपत्यकामा उपलब्ध ग्यासलाई घरायसी उपभोक्ताको सहज आपूर्तिमा केन्द्रित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। काठमाडौं। नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल, रेस्टुरेन्ट, उद्योगलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ। उपत्यकामा उपलब्ध ग्यासको आपूर्तिमा घरायसी उपभोक्तालाई प्राथमिकता दिन निगमले यस्तो व्यवस्था गरेको हो। निगमका अनुसार अब उपत्यकाका ग्यास डिपो तथा विक्रेताले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री गर्न पाउने…

Read More

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा परेको पीडा ती जिल्लाको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तीव्र बनाइएको तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठोस योजनासहित काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा शाहले जोड दिएका छन्। काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्‍याएको पीडा ती जिल्लाका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण क्षणभरमै धेरै परिवारले आफ्ना…

Read More

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ परिचालन गरिने भएको छ। मंगलबार बसेको कोष सञ्चालन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा तत्कालीन पुनःस्थापनाका लागि १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार गृहसचिवको नेतृत्वमार्फत रकम परिचालन हुने गरी निकासा गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषको व्यवस्थापन गृहसचिवले गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकमा रहेको मौज्दातबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन…

Read More

काठमाडौं । नेकपा एमालेका संघीय सांसदहरूले रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक दिने भएका छन्। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। एमाले प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार सांसदहरूको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ। एमालेले यसअघि नै बाढीपीडितको राहतका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। उक्त सहयोगमा थप टेवा पुग्ने गरी सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत कोषमा जम्मा गर्ने निर्णय गरिएको महरले बताए। महरले बाढीपछि सरकारले राहत तथा उद्धारमा अपेक्षित…

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्। हिमालय क्षेत्रमा बढ्दो तापक्रम र हिउँ–चट्टानको हिमपहिरोका कारण यस प्रकारको ठूलो विपत्ति निम्तिएको उनको भनाइ छ। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रको तापक्रम करिब १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको उल्लेख गर्दै जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम भएकाले यसको प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी…

Read More

नेपाली सेनाले सोमबार बिहान ११ बजेसम्म हवाईमार्फत थप २३ जनाको उद्धार गरेको छ भने बाढीपछिका दिनमा जलविद्युत् आयोजनाबाट मात्रै २७९ जनालाई जीवित उद्धार गरिएको छ। चिलिमे, लाङटाङ खोला, अपर त्रिशूली–१, त्रिशूली–३ए र ३बी जलविद्युत् आयोजनाका सुरुङभित्र नेपाली तथा विदेशी प्राविधिकसहितका संयुक्त टोलीले खोज तथा उद्धार कार्य तीव्र बनाएका छन्। रसुवादेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार २ सयभन्दा बढी नेपाली सेनाका जवान परिचालन गरी खोज, राहत, सडक खुलाउने र शव व्यवस्थापनको काम भइरहेको छ। काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई, जमिनी तथा जलविद्युत् आयोजनाका सुरुङभित्रको खोज तथा उद्धार कार्यलाई निरन्तर तीव्र बनाएको…

Read More