काठमाडौं । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन्। शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आज (आइतबार) सम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो।
प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो। अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।
उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए।