जनक श्रेष्ठ
लमजुङ । चाडपर्व निजिकीसंगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो । अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरु अनुगमन गरेको थियो । बेसीशहर ७ पुरानो बैक चोकदेखि भिमसेन स्थानसम्मका पसलमध्ये ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनगुमन गरिएको थियो । अधिकांश पसल मापदण्ड विपरित भेटिएको छ।
अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामाग्री र लेभलिङ नम्वर मेटिएको, ईजाजत पत्र नलिई विक्री वितरण गरिएको ४ वटा किराना तथा फलफुल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरुप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनमा अधिकांश पसलहरुमा मुल्यसुची नराखेको पाईएकाले मुल्य सुची राख्न निर्देशन दिईएको प्रमुख थापाले बताउनुभयो । उपभोग्य मिति भएको मात्र खाद्य सामाग्री विक्री वितरण गर्न तथा मुल्य सुची अपडेट गर्न सुझाव दिइएको छ । यस्तै लेभलिङ भएका खाद्य सामाग्री मात्र विक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्ना, व्यवस्थीत रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री विक्रि वितरण नगर्ना, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट विक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पुजीँ मिलाउन सुझाव दिईएको छ ।
उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापा, जिल्ला प्रशासन कार्यालयका खरिदार दिनानाथ अधिकारी, जिल्ला प्रहरी कार्यालयका ईश्वर रेग्मी, श्रीराम श्रेष्ठ, हेमराज गुरुङ, नगर प्रहरी यम बहादुर अधिकारी, कार्यालयका कर्मचारीहरु ख्यामप्रसाद न्यौपाने, सुमन सापकोटा, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी लगायतको उपस्थिती रहेको थियो । जिल्ला अनुगमन टोलीले असोज महिनामा मात्रै ४ पटक ५४ वटा पसलको अनुगमन गरेको थियो भने साउन महिनामा २ पटक बजार अनुगमन गरिसकेको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
अख्तियारले ३० असार २०४६ मा सेवा प्रवेश गरेका उनको ६ कात्तिक २०७९ सम्मको आय व्ययको विश्लेषण गरेको थियो । उनको अस्वभाविक जीवनयापन, हैसियतभन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ ।
विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन परेको पुष्टि भएको उल्लेख छ ।