काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूमी कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आएका छन् । मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी आएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।
यस विषयमा दार्चुला जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
मोदीले भ्रमण गरेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। तर, भूमि फिर्ताको ठोस पहल भने भएको छैन। यी क्षेत्रहरु नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएको छ ।
तस्बिर : माेदीकाे ट्विटर ( एक्स)