काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित लोक सेवा आयोग, नीति आयोग र योजना आयोगका प्रतिनिधि सदस्य रहने निर्णय भएको छ ।