काठमाडौं । गोरखा बगुवा विश्वकर्मा समाजले शाखा अधिकृत किशोर वि.कलाई सम्मान गरेको छ । शनिबार काठमाडौं रानिबनमा आयोजना गरिएको कार्यक्रममा विश्वकर्मा समाजले वि.कलाई सम्मान गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण वि.कले खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
सम्मानित वि.कले सार्वजनिक सेवाको समयमा राज्यप्रति, समाजप्रति नागरिकप्रति इमानदार र बफादार जिम्मेवारी तथा उत्तरदायी भइ सेवाभावले सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
किशोर वि.क ०७३ देखि ०७५ सम्म सार्वजनिक सेवामा विद्युत प्राधिकरणको चौथो तहमा प्रवेश गरी ०७५ देखि २०८० सम्म नेपाल सरकारको खरीदार पदमा निजामती सेवामा रही हाल लोकसेवा आयोगको परिक्षामा शाखा अधिकृत पदमा सिफारिस भएका छन् ।
सूक्ष्मजीवशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरी कानूनमा स्नातक गर्दै गरेका किशोर वि.क गोरखा भिमसेन थापा वडा नम्वर ५ का प्रशासनतर्फका पहिलो शाखा अधिकृत हुन् ।