काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन्। सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको सपथग्रहण समारोहमा बोल्दै उनले त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा भएको बताए। उनले आफ्नो बुवा अहिले तगडा भएकाले आफ्नै त कुरै गर्न नपर्ने बताए। आफ्नो सक्रियतालाई जोड्दै ओलीले आफूलाई ७ र २, सत्ताइस जस्तो लाग्ने बताए। ओली अहिले ७२ वर्षका भए। उनले शरीर जस्तो बनायो, त्यस्तै हुँदै जाने बताए।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी र थममाया थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।