काठमाडौं । नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन शीर्ष नेताहरू च्यासल पुगेका छन्। नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेता च्यासल पुगेका हुन्।
एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज ९बुधबार० पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।