काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘कम्युनिष्ट पार्टी नेपाल’ नामक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। मंगलबार दलका प्रवक्ता प्रकाण्डसहितका नेताहरू आयोग पुगेका थिए।
प्रवक्ताका अनुसार जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको र आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको जटिल परिस्थितिमा दल दर्ता गर्न आयोगमा आएका हुन्।
प्रकाण्डले भने, “देश र जनताको आवश्यकता तथा हितलाई केन्द्रमा राखेर हामी आयोगमा दल दर्ता गर्न आएका हौँ। यो ऐतिहासिक प्रक्रिया हो र यसले निर्वाचनको समयमा देशमा चुनावी माहोल कायम हुने छ।”
उक्त कदमसँगै विप्लव नेतृत्वको समूहले आगामी चुनावमा आफ्नो राजनीतिक उपस्थितिलाई औपचारिक मान्यता दिने तयारी अघि बढाएको देखिएको छ।

