काठमाडौं । लमजुङको राइनास नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा बिहीबार सार्वजनिक विदा दिने भएको छ । हरिबोधनी एकादशी मनाउन राइनासले सार्वजनिक विदा दिएको हो ।
बिहीबार हिन्दु धर्मलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाइँदै छ। नगरप्रमुख खड्ग बहादुर गुरुङले एक सूचना जारी गर्दै बिहीबार नगर कार्यपालिकाको कार्यालय, शाखा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय बन्द हुने जनाएका छन् ।