काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ। एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।

