काठमाडौं । लमजुङ सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीस्थित सुवास श्रेष्ठको घरमा हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरधनी पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकसको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् । उनीहरूको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।