काठमाडौं । चिति सेवा समाजको १३ औं वार्षिक साधारणसभा आउँदो शनिबार अर्थात् यहि मंसिर १६ गते हुने भएको छ । समाजको कार्य समिति बैठकले वार्षिक साधारणसभा, ज्ञानुमोह अक्षयकोष वितरण, गरिब तथा जेहन्दान विद्यार्थीको छात्रवृद्धि वितरण कार्यक्रम गर्ने निर्णय गरेको हो ।
समाजले लमजुङ चिति स्थायी घर भइ हाल विभिन्न क्षेत्रमा विभिन्न पेशा, व्यवसायमा रहनुभएका व्यक्तिहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
कार्यक्रम मंसिर १६ गते बालाजुस्थित बालाजी ब्याकेटमा साढे १० बजेबाट शुरु हुने संस्थाका सचिव यमकुमार श्रेष्ठले बताएका छन् ।