काठमाडौं । मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ।
स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यसबारे जानकारी गराइएको छ।
सूचनामा उल्लेख गरिएको छ, ‘सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ।’