राजेन्द्र प्रजापति
मुगु । मुगु जिल्लामा रहेको नेपालको सबैभन्दा ठूलो ताल हो रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ । रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ ।
घोडाबाट जानेहरु पनि यही मार्ग प्रयोग गर्छन् । चराको चिरबिर, सुरम्य आवाज, झ्याउँकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई । राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन फूलहरु मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला ? दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल हेर्न स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने गरेको छ ।
तस्बिरमा हेर्नुहोस्