काठमाडौं । आफ्नो एउटा भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन्।
बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किराँतीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत् ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन्।
मन्त्री किराँतीले हिजो भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ।’
आज उनले आफ्नो अभिव्यक्तिले वहस सिर्जना गरेको भन्दै वहसमा सहभागी सबैलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।’
उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्।
‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने,’ उनले भनेका छन्, ‘फेरिपनि भन्छु, अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ नेता शिव बाँस्तोलालाई पार्टीको…
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी रकमबाट पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य…
काठमाडौं । लगातार आठ दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार करेक्सन देखिएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 27
ताजा :
- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता
- नागरिक उन्मुक्ति पार्टीमा शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्ति
- लमजुङको दोर्दी गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु
- नेप्सेमा करेक्सन, १८ अंकले घट्यो सूचक
- देशका लागि जीवन आहुति दिने नेताहरू सबैको हुन्, पार्टी विशेषको होइनन्: प्रधानमन्त्री
- चितवनमा लोडसेडिङ होइन, मर्मतका कारण विद्युत् आपूर्ति रोकिएको हो : हितेन्द्रदेव शाक्य
- अमेरिकन एयरलाइन्सको विमानमा आगलागी, आपतकालीन अवतरणमार्फत १७९ जना सुरक्षित
- त्रिवि क्रिकेट मैदानको स्तरोन्नति तीव्र : प्याराफिट र फ्लडलाइट जडान अन्तिम चरणमा
- चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ (तालिकासहित)
- लायन्स क्लब अफ काठमाडौं नेपालयद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
मन्त्री किराँतीको स्पष्टीकरणः ‘म सबै धर्म मान्नेको अभिभावक हुँ’
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित