काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितलाई लमजुङको क्व्होलासोथार गाउँपालिकाका जनप्रतिनिधि सहयोग गरेका छन् । अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, ९ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु गरी ४९ जनाले १० दिनको सेवा सुविधा बापतको रकम भूकम्प पीडितलाई सहयोग गरेका हुन् ।
क्व्होलासोथार गाउँपालिका गाउँकार्यपालिकाको बैठकको निर्णयबमोजिम सम्पूर्ण जनप्रतिनिधिको कात्तिक महिनाको सेवा सुविधाबाट एक तिहाई रकम २ लाख ५८ हजार ८ सय ३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दाखिला गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए ।