काठमाडौं । २० जना प्रमुख प्रशासकीय अधिकृत र चार जना उपसचिवसहित ४२ जना कर्मचारीको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अधिकृतस्तरका कर्मचारीहरूको सरुवा सूची मंगलबार सार्वजनिक गरेको हो ।


