काठमाडौं । राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिए ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहने गरी समिति गठन गरिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि शुक्रबार दिउँसो हातपात भएको थियो । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका प्रमुख हमालमाथि नै प्रहरीले हातपात गरेपछि विवाद चर्किएको हो ।
त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेको आरोप छ ।