काठमाडौं । शिवरात्रीको अवसरमा लमजुङ बेसिशहर ११ चिति रामचाेकमा शिवरात्री मेला लाग्ने भएको छ । त्रैलोकेश्वर महादेव मन्दिर संरक्षण समिति रामचोकले मेलाको आयोजना गर्न लागेको हो ।
मेलामा प्रमुुख अतिथिमा वडा अध्यक्ष शिवराज जोशी रहेने आयोजक समितिले जनाएको छ । मेलाको अवसरमा त्रैलोकेश्वर महादेव मन्दिरको कम्पाउण्ड पर्खाल शिलान्यास, सामुहिक रुद्रि पुजा, भवन कृतन, रातभर जाग्राम बसी बत्ति बाल्ने, भजन कृतन, नाचगान गर्ने समितिका अध्यक्ष प्रेमदत्त सेडाईले जानकारी दिए ।