काठमाडौं । नवनायिका सोविता सिलवालले मोडलिङ गरेको ‘पाली खरैको’ गीत हालै सार्वजनिक भएको छ । यसअघि पनि सोविताले जाले रुमाल, टेलिसरियल रमाइलो गाउँ जस्ता थुप्रै पर्दामा अभिनय गरिसकेकी छन् ।
यस गीतमा करोडौँ दर्शकको मनमा बस्न सफल बहुचर्चित राष्ट्रिय लोकदोहोरी गायक तथा संगीतकार बसन्त थापाको र सुस्मा बिसीको आवाज रहेको छ।
पाली खरैको गीतको संगीत बहुचर्चित गीत ‘नखाउ मेरो मायाले सुर्ती माडेर’, ‘चिया कफी देउ’, ‘चाडवाड पान खायो मायाले’ जस्ता दर्जनौं गीतमा संगीत भरिसकेका सागर लामाको संगीत रहेको छ र लय सूर्य कुमार परियार र पूर्ण राज बेल्बासे रहेको छ ।
गीतमा मोडलिङ भने नवनायिका लमजुङे चेली सोविता सिलवाल र टिक भुजेलको रहेको छ । टिका भुजेल र सोविता सिलवालले अभिनय गरेको गीत पाली खरैको अहिले सामाजिक सञ्जालमा गीत निकै चर्किएको देख्न पाइन्छ ।
म्युजिक एरेन्ज सुनिल परियारले गरेका छन् भने अडियो पृज्मा स्टुडियोबाट तयार पारिएको छ । अडियो मास्टरिङ श्यामस्वैत रसाइलीले गरेका हुन् ।
निर्देशन जेरी भण्डारी, इडीटर सुजन कोइराला, मेकअप कविता तोलाङिले गरेकी छन् । भिडिया टीका भुजेल अफिसियल युट्यबमा हेर्न सक्नु हुनेछ ।
भिडियो