काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५५ रूपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।