काठमाडौं । पत्रकार बिक्रम सुनारले ‘निगाली झाँपो’ बोलको गीत ल्याउने भएका छन् । चर्चित गायिका प्रिति आले मगर र सुनारको आवाजमा रहेको उक्त गीत भदौ पहिलो साता नै नेपाली संगीत बजारमा ल्याउन लागिएको हो ।
सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् । गायन यात्रालाई निरन्तरता दिने क्रममा ‘निगाली झाँपो’ ल्याउन लागेको गायक सुनारले बताए । उनका अनुसार यो मौलिकपनसहितको गीत हो । ‘निगाली झाँपो’ को लय तथा शब्द सृजना कलाकार भुवन विकेको रहेको छ । गीतमा भुवन बिकेले नै संगीत संयोजन गरेका छन् ।
‘निगाली झाँपो’को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिनेछ । गीतको म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायांकन सुमन थापा र भिडियो सम्पादन विकास थापाले गरेका छन् ।