काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड ६४ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिइडिबी हाइड्रोपावरको १३ करोड ७ लाख १ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सकोे १२ करोड ७१ लाख १३ हजार रुपैयाँ, अपी पावर कम्पनीको १२ करोड ३४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।