काठमाडौं । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि शनिबार बिहान ढोका खोलिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए।
‘जलाशय भरिन अझै एकदुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो’, प्रजिअ चिलुवालले भने। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए।