काठमाडौं । निर्मला कुर्मीका लागि न्यायको माग गर्दै आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। आन्दोलनरत पक्ष र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार तीन बुँदे सहमति भएको हो।
निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने सहमति भएको छ।
यस्तै, विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने पनि सहमति भएको छ।