काठमाडौं । लमजुङ बेसिशहर ११ बाट काठमाडौंमा बसोबास गर्दै आएका चितेलीहरुको संस्था चिति सेवा समाजले खुल्ला रक्तदान गर्ने भएको छ ।
समाजले ‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’ भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । यही कात्तिक २४ गते शनिबार बिहान ११ बजेदेखि सिटी स्क्वायर महल प्रांगण सामाखुसी चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिने समाजले जनाएको छ ।
समाजमा रक्तदान कार्यक्रममा सहभागीका लागि सम्पूर्णमा आग्रह समेत गरेको छ । चिति सेवा समाजले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।