काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन एकै ठाउँमा केन्द्रित हुने भएको छ । तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको राप्रपाले रणनीति परिवर्तन गर्दै बिजुलीबाजर क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्ने भएको हो ।
उपाध्यक्ष बुद्धिमान तामाङले सबै कार्यक्रम बिजुलीबाजर क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्ने गरिने जानकारी दिए। यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको आफूहरुको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएका थिए।