काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालयको पर्खाल ललितपुर महानगरपालिकाले भत्काइदिएको छ ।
अनधिकृत रूपमा बनाइएको संरचना आइतबार ललितपुर महानगर प्रहरीले डोजर लगाएर भत्काएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
विभिन्न अदालतबाट महानगरकै पक्षमा फैसला आएकाले सोहीअनुरुप फैसला कार्यान्वयन गर्नका लागि अनधिकृत संरचना हटाइएको हाछेथुले बताए ।