काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ ।
दुर्घटनास्थलबाट नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरिएको छ ।