काठमाडौं । लमजुङमा बाटोमा बेहोस भेटिएका एक पुरुषको मृत्यु भएको छ । शनिबार राती ७ बजे सुन्दरबजार नगरपालिका–९, फुलबारी स्थित बाटोमा बेहोस अवस्थामा फेला परेका अन्दाजी ३५ बर्षका सन्तोष राईको मृत्यु भएको हो ।
बेहोस अवस्थामा रहेका उनलाई स्थानीयले उपचारका लागी सुन्दरबजार अस्पताल लगेका थिए । अस्पतालमा सामान्य उपचार पश्चात सुन्दरबजार नगरपालिकाको सहयोगमा भरतपुर अस्पताल चितवन पठाइएकोमा उनको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय स्तरमा मजदुरी गर्दै हिड्ने उनको अन्य ठेगाना खुलेको छैन् ।