विराटनगर । नेवाः समुदायको राष्ट्रिय संस्था नेवाः देय दबुको बिराटनगरको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ चयन भएका छन् ।
विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले अम्बर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । बङ्गलामुखि मन्दिरको प्राङ्गण झी पुचः मा सम्पन्न अधिवेशनले १३ जनाको कार्यसमिति गठन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा यादव प्रधान, उपाध्यक्ष (खुला)मा आशिष श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता तुलाधर, सचिव (महिला) मा शृजना श्रेष्ठ, सचिव (खुला) मा सुनिल कुमार श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेकी छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । नेवार सामुदायको हकहितको हकहितमा लागि परेर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाल भाषा, संस्कृति, कला र ज्ञानलाई राष्ट्र र राष्ट्रियसग जोडेर समृद्ध समाज बनाउने तर्फ आफु उन्मुख भएर अगाडि बढ्ने उनले बताए ।