काठमाडौं । लमजुङ प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राइनास नगरपालिका–६, बस्ने २३ वर्षीय राजेश सुनार रहेका छन् ।
सुन्दरबजार नगरपालिका–७, पाउँदी स्थित डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत अस्थायी प्रहरी पोष्ट पाउँदीबाट खटिएको प्रहरी टोलिले सुनारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा ग २० प ६७ नम्बरको स्कुटरको सिटमुनि डिक्कीमा लागुऔषध सहित सुनार पक्राउ परेका हुन् । उनको साथबाट २ एमएल डिजापाम–८, २ एमएल नोफिन एम्बुल–८, २ एमएल फेनेर्गन एम्बुल–८, ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एम्जि ३२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।